अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३७ | Colorodo: 15:52

राष्ट्रपति डोनाल्ड ट्रम्प असक्षम नेता भएको बाइडेन र ह्यारिसको टिप्पणी

बिआरटीनेपाल २०७७ साउन २९ गते ६:३९ मा प्रकाशित

अमेरिकामा आउँदो नोभेम्बरमा हुने चुनावका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेन र उपराष्ट्रपतिका उम्मेदवार कमला ह्यारिसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई असक्षम नेता भनि टिप्पणी गर्नुभएको छ ।डेलावरको विल्मिङ्गटनमा भएको चुनावी सभामा बोल्दैे उहाँहरुले ट्रम्पले अमेरिकालाई धुजाधुजा पारेको आरोप लगाउनुभयो ।

बाईडेनले क्यालिफोर्नियाकी सिनेटर ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार अर्थात ‘रनिङ मेट’को रुपमा चयन गरेपछि आयोजित यो पहिलो संयुक्त चुनावी सभा हो ।बाइडेनले आगामी नोभेम्बरमा हुने चुनावले धेरै लामो समयका लागि अमेरिकाको भविष्य निर्धारण गर्ने ठोकुवा गर्नुभयो ।

यसैगरी ह्यारिसले आफू अमेरिकाकोे हितमा लाग्ने जनाउँदैै अमेरिकालाई वास्तविकरुपले बदल्ने समय आएको जिकिर गर्नुभयो । पूर्वउपराष्ट्रपति बाइडेनले आउँदो नोभेम्बर ३ मा हुने चुनावमा डेमोक्रेटिक पार्टीका तर्फबाट वर्तमान राष्ट्रपति ट्रम्पको सामना गर्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू