अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३० | Colorodo: 20:45

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या ९५ पुग्यो

बिआरटीनेपाल २०७७ साउन २९ गते ६:३६ मा प्रकाशित

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएसंगै मृतकको संख्या ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो । थपिएका मृतकमा महोत्तरी मटिहानीका ४५ वर्षीय पुरुष, धनुषा मिथिलाकी ८५ वर्षीया महिला, अछामका १८ वर्षीय पुरुष र मोरङ्ग विराटनगरका ५७ वर्षीय पुरुष रहेका छन् ।

यसैबीच, नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ सय २५ जना नयाँ संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको हो । हाल सक्रिय संक्रमितको संख्या ८ हजार २५ रहेको छ ।

पछिल्लो २४ घण्टामा एक सय ९ जनामात्र संक्रमणमुक्त भएका छन् । योसंगै संक्रमणमुक्त हुनेको संख्या १६ हजार ८ सय ३७ रहेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ५९ जनाको पीसीआर परीक्षण भएको छ । ८ हजार २५ जना आइसोलेसनमा रहेका छन् । १४ हजार ७ सय ६९ जना क्वारेन्टिनमा रहेकामध्ये ४ सय ६६ जना होम क्वारेन्टिनमा रहेको स्वास्थ्य मनत्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू