अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४६ | Colorodo: 23:01

सीमा विवादवारे पहिलो पटक नेपाल र भारतबीच छलफल हुने

बिआरटीनेपाल २०७७ साउन २८ गते ७:१४ मा प्रकाशित

कालापानी, लिम्पियाधुरा, लिपुलेकको विषयमा विवाद भएपछि पहिलो पटक भारतको नेपालसँग छलफल हुने भएको छ ।सीमा विवादसँगै स्थगित भएको दुवै देशको कुटनीतिक विवाद समाधानका लागि संवादहिनको अवस्था जारी रहेका बेला आगामी हप्ता छलफल हुन लागेको हो । नेपालमा भारत सरकारको सहयोग वा सहकार्यमा सञ्चालन भएका परियोजनाहरुको मूल्यांकन गर्नका लागि आउँदो हप्ता दुई देशका अधिकारीबीच छलफलको तयारी भएको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।

काठमाडौँमा हुने छलफलमा परराष्ट्र सचिव शंकरदास वैरागीको नेतृत्वमा भारतीय पक्षसँग छलफल हुने बताइएको हो ।कोरोना भाइरसको महामारीका कारण सो बैठक भिडियो कन्फ्रेन्समार्फत हुने सम्भावना रहेको छ ।औपचारिक रुपमा बैठकको मिति घोषणा नभए पनि अगस्त १८ अर्थात भदौ २ गते गर्ने तयारी रहेको स्रोतलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले जनाएको छ ।

भारतको सहयोगमा नेपालको तराई क्षेत्रमा सडक तथा रेल मार्ग निर्माण भइरहेको छ भने भूकम्पपछिको पुनर्निर्माण, प्रहरी प्रशिक्षण एकेडेमी, पोलिटेक्निक कलेज तथा पाइपलाइन निर्माणको काम पनि भइरहेको छ । परियोजनाहरुको मूल्यांकनका लागि सन् २०१६ मा गठन गरिएको संयुक्त समितिको बैठक पछिल्लो पटक सन् २०१९ को जुलाइमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू