अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३८ | Colorodo: 02:53

विश्वभर झण्डै २ करोड ५५ लाख ५ हजार मानिसलाई कोरोना सङ्क्रमण, ७ लाख ४६ हजार ६ सय बढीको मृत्यु

बिआरटीनेपाल २०७७ साउन २८ गते ७:१० मा प्रकाशित

विश्वमा २ करोड ५५ लाख ५ हजार मानिसलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । कोरोना संक्रमणबाट ७ लाख ४६ हजार ६ सय ८८ जनाको ज्यान गएको छ । कोरोना सङ्क्रमितमध्ये अहिलेसम्म १ करोड ३८ लाख ६८ हजार ७ सय ३० उपचारपछि निको भएका छन् ।

संक्रमणका कारण सवैभन्दा बढी प्रभावित अमेरिकामा ५३ लाख ७ हजार ७ सय ५२ लाई सङ्क्रमण भएको छ भने १ लाख ६७ हजार ७ सय ८१ जनाको ज्यान गएको छ । ब्राजिलमा ३१ लाख १२ हजार ३ सय ९३ जनामा संक्रमण फैलिँदा १ लाख ३ हजार ९९ जनाकोे मृत्यु भएको छ । भारतमा २३ लाख ३३ हजार १ सय ६६ जनालाई कोरोना सङ्क्रमण हुँदा ४६ हजार २ सय १६ जनाले ज्यान गुमाउका छन् ।

रसियामा १५ हजार २ सय ६०, मेक्सिकोमा ५३ हजार ९ सय २३, पेरुमा २१ हजार ५ सय १ , कोलम्वियामा १३ हजार ४ सय ७५, स्पेनमा २८ हजार ५ सय ८१, ईरानमा १८ हजार ९ सय ८८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यसैगरी, बेलायतमा ४६ हजार ६ सय २८, पाकिस्तानमा ६ हजार १ सय २९, बंगलादेशमा ३ हजार ५ सय १३, ईटलीमा ३५ हजार २ सय १५ ,फ्रान्समा ३० हजार ३ सय ५४, क्यानडामा ८ हजार ९ सय ८१ जनाले ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणका कारण बेल्जियममा ९ हजार ८ सय ८५,अफगानिस्तानमा १ हजार ३ सय ५४, माल्दिभ्समा २०, श्रीलंकामा ११ जनाको मृत्यु हुँदा भुटानमा १ सय १३ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू