अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१६ | Colorodo: 07:31

आज पश्चिमका केही ठाउँमा ठूलो वर्षाको सम्भावना, शुक्रबारदेखि मौसम सफा हुने

बिआरटीनेपाल २०७७ साउन २८ गते ७:०८ मा प्रकाशित

मनसुनी न्यून चापीय प्रणाली सक्रिय हुँदा केही दिनयता देशभरको मौसम प्रायः बदली भइरहेको छ । अहिले गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । अन्य प्रदेशका एकरदुई ठाउँमा पनि हल्कादेखि सामान्य पानी परेको मौसमविद् सजिना शाक्यले बताउनुभयो ।

उहाँका अनुसार बुधबार राति पश्चिमका केही क्षेत्रमा ठूलो वर्षाको सम्भावना छ । जसले गर्दा बाढी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भन्दै सचेत रहन उहाँले सुझाव दिनुभएको छ । मौसमविद् शाक्यका अनुसार शुक्रबारदेखि भने मौसम क्रमशः खुल्दै जाने छ । मनसुनी न्यून चापीय प्रणाली सामान्य अवस्थातर्फ फर्किन लागेकाले बुधबार र बिहीबारको तुलनामा शुक्रबार मौसम खुल्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू