अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१८ | Colorodo: 02:33

नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो, २४ हजार ४ सय ३२ जनामा संक्रमण

बिआरटीनेपाल २०७७ साउन २८ गते ७:०३ मा प्रकाशित

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसंगै मृतकको संख्या ९१ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वोर गौतमले बताउनुभयो । काठमाडौं टेकुकी ७८ वर्षकी महिला, धादिङ्ग नीलकण्ठका ३२ वर्षीय पुरुष, धनुषा जनकपुरका ७१ वर्षीय पुरुष, धनुषा जनकपुरकी ३८ की महिला, सप्तरी डाक्रेश्वरीका ७२ वर्षीय पुरुष, मोरङ्ग बुढीगंगाका ५५ वर्षीय पुरुष, कपिलवस्तु तौलिहवाका ४२ वर्षीय पुरुष र बारा कलैयाका ७५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ८४ जना नयाँ संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय १३ रहेको छ । पछिल्लो २४ घण्टामा ६४ जनामात्र संक्रमणमुक्त भएका छन् । योसंगै संक्रमणमुक्त हुनेको संख्या १६ हजार ७ सय २८ रहेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ४ सय ८१ जनाको पीसीआर परीक्षण भएको छ । ७ हजार ६ सय १३ जना आइसोलेसनमा तथा १४ हजार ८ सय ४६ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू