अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४२ | Colorodo: 21:57

अमेरिका राष्ट्रपति पदका उम्मेदवार जो वाइडेनको उपराष्ट्रपति पदमा भारतीय मुलकी कमला ह्यारिस

बिआरटीनेपाल २०७७ साउन २७ गते १५:१५ मा प्रकाशित

अमेरिका । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार जो वाइडेनले आफ्नो उपराष्ट्रपतिमा भारतीय मुलकी कमला ह्यारिसलाई आज चयन गरेका छन् । उनले यस अघि नै आफूले उपराष्ट्रपतिमा महिला उम्मेदवार बनाउने घोषणा गरिसकेका थिए ।

कमला ह्यारिस, अमेरिकी उपराष्ट्रपति पदमा लड्ने उनी पहिलो अश्वेत महिला हुन् । क्यालिफोर्नियाकी सांसद कमला ह्यारिसले सुरुमा पार्टी भित्र जो वाइडेनसंग राष्ट्रपति पदका लागि प्रतिस्पर्धा पनि गरेकी थिइन् । क्यालिफोर्निया राज्यको महान्यायाधिवक्ता भइसकेकी ह्यारिस अमेरिकाको प्रहरी प्रशासनमा सुधार हुनुपर्छ भन्ने पक्षमा सदैव उभिँदै आएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू