अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:११ | Colorodo: 18:26

भारतीय अभिनेता सञ्जय दत्तलाई स्टेज ४ को फोक्सोको क्यान्सर

बिआरटीनेपाल २०७७ साउन २७ गते १५:०३ मा प्रकाशित

एजेन्सी । भारतीय अभिनेता सञ्जय दत्तलाई स्टेज ४ को फोक्सोको क्यान्सर भएको छ । अभिनेता दत्तलाई फोक्सोको क्यान्सर भएको पुष्टि भएसँगै उनी उपचारका लागि अमेरिका आउँदैन । उनी ६१ वर्षीयका छन ।

सञ्जयलाई फोक्सोको क्यान्सर भएको उनका एक मित्रलाई उदित गर्दै दैनिक भास्करले समाचार लेखेको छ । शरीरमा अक्सिजनको गडबडी देखिए लगत्तै अगस्ट ८ मा सञ्जयलाई मुम्बईस्थित लिलावती अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई त्यस बेला सास फेर्न निकै गार्हो भएको थियो । उनको त्यस बेला कोरोना परीक्षण समेत गरिएको थियो । २ दिन लिलावती अस्पतालमा उपचार गरेर सोमबार उनी डिस्चार्ज भएका थिए । अभिनेता दत्तको परिवार भने ५ महिनादेखि लकडाउनका कारण दुबईमा रहेका छन् ।

सञ्जयको परिवार पनि क्यान्सर पीडित परिवारका रूपमा चिनिन्छ । उनकी आमा नरगिसलाई पनि प्याङ्क्रियाजको क्यान्सर भएको थियो । उनकी आमाको क्यान्सरकै कारण सन् १९८१ म निधन भएको थियो । सञ्जयलाई क्यान्सर भए लगत्तै सामाजिक सञ्जाल र विभिन्न मिडियाहरूबाट दर्शक र सर्वसाधारणले स्वास्थ्य लाभको कामना गरिरहेका छन् । श्रोत: दैनिक भास्कर

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू