अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२८ | Colorodo: 15:43

सूर्य चन्दको निर्देशनमा वरिष्ठ अभिनेत्री शर्मिला मल्लको पहिलो तिज म्युजिक भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७७ साउन २७ गते ११:४३ मा प्रकाशित

काठमाडौँ । वरिष्ठ गायिका देवीका वन्दनाको स्वरमा सजिएको तिज गीत “छम्म छम्म बजाउँदै चुरा”को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका देवीका वन्दनाको यो दोस्रो तिज गीत हो। दर्जनौँ लोकप्रिय गीतहरूमा आफ्नो सुमधुर स्वरले करडौ दर्शक श्रोताको मन जित्न सफल वरिष्ठ गायिका देवीका वन्दना आफैमा स्थापित गायिका हुन। हिन्दु नारीहरूको महान् चाड तीजको अवसर पारेर सार्वजनिक गरिएको गीतको भिडियोमा नेपाली चलचित्र क्षेत्रमा कान्छी उपनामले चिनिने वरिष्ठ अभिनेत्री शर्मिला मल्ल, मोडल सुजना बर्देवा, सोनी काररंन्जित र इन्ता श्रेष्ठ लगायत फिचर्ड छन् । शर्मिला मल्लको यो पहिलो तिज म्युजिक भिडियो हो।

संचारकर्मी तथा निर्देशक सूर्य चन्दले निर्देशन गरेको म्युजिक भिडियोमा गीतकार शोभा केसीको शब्द, सङ्गीतकार सम्राट् थापाको सङ्गीत र एरेन्ज छ भने शिव विकले कोरियोग्राफी गरेका छन्। भिडियोमा अजय रेग्मीको छायाङ्कन तथा पदम सुवेदीको सम्पादन रहेको छ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू