अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४५ | Colorodo: 05:00

जथाभावी बैठक नराख्न विषयगत समितिलाई राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाको निर्देशन

बिआरटीनेपाल २०७७ साउन २७ गते ६:५० मा प्रकाशित

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विषयगत समितिलाई जथाभावी बैठक नराख्न निर्देशन दिनुभएको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम रहेको भन्दै राष्ट्रियसभाका चारवटै समितिका सभापतिलाई बोलाएर उहाँले राष्ट्रिय सभा अध्यक्षबाट अत्याअवश्यक हुँदा मात्रै पूर्ण सावधानी अपनाएर बैठक राख्न, अन्यथा नराख्न भनेर निर्देशन दिनुभएको हो ।

चारवटै समिति सभापतिहरुसँगको भेटमा राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले विधायन व्यवस्थापन समितिलाई बैठक राख्न दिने र अरु समिति केही समयका लागि बस्दै नबस्ने प्रस्ताव राख्नुभएको थियो । तर, राष्ट्रियसभा अध्ययक्षको यो प्रस्ताव विभेदकारी रहेको भन्दै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारी लगायतले विरोध गरेका थिए ।

त्यसपछि अध्यक्ष तिमल्सिनाले चारवटै समितिलाई अत्यावश्यक भए मात्रै बैठक राख्न निर्देशन दिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू