अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५३ | Colorodo: 01:08

पाकिस्तानमा शैक्षिक संस्थाहरु सुचारु

बिआरटीनेपाल २०७७ साउन २७ गते ६:४८ मा प्रकाशित

पाकिस्तानमा कोरोना महामारीको जोखिमलाई ध्यानमा राखेर बन्द गरिएको शैक्षिक संस्थाहरु सुचारु भएको छ । पाकिस्तान सरकारका अनुसार शैक्षिक संस्थाका साथै विवाह, किनमेल केन्द्र र सिनेमा हल बाहेक मनोरञ्जनका सबै क्षेत्र खुला गरिएको छ ।

यस्तै विभिन्न आर्थिक कारोबार पनि खुलेको छ । तर, सरकारले संस्थानहरुका लागि कुनैपनि मापदण्ड बनाइएको छैन । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानमा कोरोना सङ्क्रमणको दर नियन्त्रणमा आइसकेको भन्दै अब सबै सामान्य हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू