अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१९ | Colorodo: 13:34

नेपालमा ३ जना कोरोना सङ्क्रमित भेन्टिलेटर र ८५ जना आईसीयूमा

बिआरटीनेपाल २०७७ साउन २७ गते ६:४५ मा प्रकाशित

नेपालमा रहेका सक्रिय कोरोना सङ्क्रमितमध्ये तीन जना भेन्टिलेटरमा रहेका छन् । उनीहरुलाई सघन उपचार आवश्यक भएर भेन्टिलेटरमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । यस्तै ८५ जना सघन उपचार कक्ष (आईसीयू) मा रहेको पनि प्रवक्ता गौतमले जानकारी दिनुभयो । २ सय २४ जना सङ्क्रमित भने होम आइसोलेसनमा रहेका छन् ।

नेपालमा कोरोना सङ्क्रमितको उपचारको लागि कुल ११ सय ३४ वटा आईसीयू कक्ष र पाँच सय ७६ वटा भेन्टिलेटर रहेको मन्त्रालयले जनाएको छ । यसैबीच ४ जिल्लामा पाँच सयभन्दा धेरै सङ्क्रमित रहेका छन् भने ६ जिल्ला कोरोनामुक्त भएका छन् । पर्सा, रौतहट, महोत्तरी र काठमाण्डौमा ५ सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेको र सोलुखुम्बु, संखुवासभा, मनाङ, मुस्ताङ डोल्पा र हुम्लामा सक्रिय सङ्क्रमित शून्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू