अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५३ | Colorodo: 02:08

बेलायती सांसद लर्ड शेखको नेतृत्वमा युके–नेपाल व्यापार तथा लगानी मञ्च गठन

बिआरटीनेपाल २०७७ साउन २७ गते ३:१३ मा प्रकाशित

नेपालमा बेलायती लगानी भित्र्याउने र बेलायतमा नेपालको व्यापार प्रवद्र्धनमा सघाउने उद्देश्यले युके–नेपाल व्यापार तथा लगानी मञ्च गठन गरिएको छ । बेलायतको हाउस अफ लर्ड्समा सांसद तथा अल पार्टी पार्लियामेन्ट्री ग्रुप फर नेपालका उपाध्यक्ष लर्ड शेखको अध्यक्षतामा मञ्च गठन गरिएको हो । फोरमको उपाध्यक्षहरुमा लर्ड करण विलिमोरिया, भिस्काउण्ट वेभर्ली, महन्तबहादुर श्रेष्ठ, भगवानजी चौहान र रवीन्द्रजंग लामिछाने हुनुहुन्छ ।

फोरमको महासचिवमा आतम सन्धु र कोषाध्यक्षमा विकास नेपाल चुनिएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ । सदस्यहरुमा विपिनकुमार शर्मा, ज्ञाम गुरुङ, घनबहादुर थापा, पृथ्वीराज राई र बासु लामिछाने हुनुहुन्छ ।मन्चको संरक्षकमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी हुनुहुन्छ । मन्चको उद्घाटन गर्दै राजदूत सुवेदीले बेलायत र नेपालबीच व्यापार व्यवसाय र लगानी प्रवद्र्धनमा मञ्चको भूमिका प्रभावकारी रहने विश्वास व्यक्त गर्नुभयो ।

मञ्चका अध्यक्ष तथा बेलायती सांसद लर्ड शेखले मञ्चका माध्यमबाट नेपालमा बेलायती लगानी भित्र्याउने र बेलायतमा नेपालको व्यापार अभिवृद्धि गर्ने दिशामा सकारात्मक योगदान गर्न सकिने बताउनुभयो । आफूहरु नेपालको आर्थिक विकासमा सहयोग पु¥याउन प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

लर्ड शेखले लण्डन अन्तर्राष्ट्रिय व्यापार र लगानीको प्रमुख केन्द्र रहेको बताउँदै नवगठित मञ्चले नेपालका व्यवसायीहरुको सम्पर्क र सम्बन्ध बेलायतीसहित अन्तर्राष्ट्रिय व्यापारी र उद्यमीहरुसँग गराउने बताउनुभयो ।नेपाल सरकारको व्यापार, वाणिज्य तथा लगानी सम्बन्धी नीति तथा कार्यक्रमहरु बेलायतका व्यवसायी र लगानीकर्तासम्म पुर्याउने प्रतिबद्धता उहाँको थियो ।

युके–नेपाल व्यापार तथा लगानी मञ्चले आगामी सेप्टेम्बर महिनाको तेस्रो साता नेपालको व्यापार र लगानीमा केन्द्रित रही एक विशेष कार्यक्रम गर्ने दूतावासका प्रवक्ता शरदराज आरणले जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू