अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५८ | Colorodo: 21:13

सुनको भाउ घट्यो, चाँदीको भाउमा भने रेकर्ड

बिआरटीनेपाल २०७७ साउन २७ गते २:३० मा प्रकाशित

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ घटेको छ । सुनको भाउ आज तोलाको एक लाख एक हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलामा २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको एक लाख दुई हजार ४ सय रुपैयाँमा थियो । लगातार उकालो लागेर तोलाको एक लाख ३ हजार ५ रुपैयाँसम्म पुगेको सुनको भाउ अस्ति आइतबारदेखि घट्न थालेको हो ।

अन्तर्राष्ट्रिय बजारमा भाउ अस्थिर हुँदा नेपालमा घटेको महासंघले जनाएको छ । सुनको भाउ घटे पनि चाँदीको भाउले भने रेकर्ड बनाएको छ । चाँदी आज तोलामा ४० रुपैयाँ बढेर तोलाको १४ सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू