अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४४ | Colorodo: 16:59

डोनाल्ड ट्रम्प बोलिरहेका बेला ह्वाइट हाउस नजिक एक व्यक्तिमाथि गोली प्रहार

बिआरटीनेपाल २०७७ साउन २७ गते २:२९ मा प्रकाशित

अमेरिकाको राष्ट्रपति निवास तथा कार्यालय रहेको ह्वाइट हाउस नजिक एक व्यक्तिमाथि गोली प्रहार भएको छ ।राष्ट्रपति डोनाल्ड ट्रम्प पत्रकार सम्मेलनमा व्यस्त रहेका बेला ह्वाइट हाउस नजिकै गोली प्रहार भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

राष्ट्रपतिको सुरक्षा समूह सेक्रेट सर्भिसका सुरक्षाकर्मीले पोडियममा बोलिरहेको ट्रम्पलाई सुरक्षित तवरले त्यहाँबाट फिर्ता लगेका थिए । यसको झण्डै ९ मिनेट पछि पुनः पत्रकार सम्मेलनमा उपस्थित भएका ट्रम्पले ह्वाइट हाउस नजिकै एक व्यक्तिमाथि गोली प्रहार भएकोले सुरक्षा सतर्कता अपनाउनु परेको बताउनुभयो ।सुरक्षाकर्मीहरुले तत्काले स्थिति नियन्त्रणमा लिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया