अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३१ | Colorodo: 02:46

नेपाल कोरोनाको उच्च जोखिममाः स्वास्थ्यमन्त्री ढकाल

बिआरटीनेपाल २०७७ साउन २७ गते २:२९ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना साम्य भएका केही उद्गम स्थानहरुमा नै संक्रमण भयावह बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।काठमाडौंमा आज परोपकारी प्रसूती तथा स्त्रीरोग अस्पतालको ६१ औं वार्षिक उत्सवका अवसरमा स्वास्थ्यमन्त्री ढकालले पछिल्लो समय कोरोनाको उच्च जोखिम बढिरहनु नेपालका लागि चुनौतीपूर्ण रहेको बताउनुभयो ।

जनताको स्वास्थ्यमा सरकार निस्वार्थ भावनाले सेवा गर्न चाहेको भन्दै उहाँले कोभिड–१९ न्यूनीकरण गर्दै सावधानी अपनाएर काम गर्नमा सरकार जुटिरहेको बताउनुभयो ।कोरोना नियन्त्रणमा विश्वका शक्तिशाली राष्ट्रहरु नै थिलथिलिएको स्मरण गराउँदै उहाँले पीसीआर परीक्षणमा नेपाल अन्य मूलुकभन्दा धेरै अगाडी रहेको जीकिर गर्नुभयो ।

यस्तै, परोपकारी अस्पतालको चौतर्फी विकासका लागि मन्त्रालयबाट सहयोग रहने पनि विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोरानालाई वेवास्ता गर्दै सर्तकता नअपनाउँदा भयावह अवस्था आउन सक्ने भन्दै चिन्ता गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू