अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२१ | Colorodo: 01:36

अफगान सरकारबाट तालिवानी विद्रोहीका चार सय कैदीलाई माफी

बिआरटीनेपाल २०७७ साउन २७ गते २:२६ मा प्रकाशित

अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीले चार सय विवादास्पद तालिवानी कैदीलाई माफी दिने निर्णय गर्नुभएको छ ।राष्ट्रपति घानीले एक आदेश जारी गरी ती कैदीको सजाय मिनाहा गरेको बताउनुभएको हो ।तालिवानी लडाकूले सूचीवद्ध गरेका पाँच हजार कैदीमध्ये चार सय कैदीको सजाय मिनाहा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमध्यमहरुले जनाएका छन् ।

गत फेब्रुअरीमा कतारमा संयुक्त राज्य अमेरिका र तालिवानीबीच भएको शान्ति सम्झौतामा अफगान सरकारले पाँच हजार तालिवानी लडाकू र तालिवानी लडाकूले एक हजार सरकारी सैनिक रिहा गर्ने सहमति भएको थियो ।गत मार्चमा अफगान सरकारले एक सय विद्रोही र तालिवानी लडाकूले एक हजार सरकारी कर्मचारी र सैनिक रिहा गरिसकेको छ ।

सम्झौता अन्र्तगत अमेरिका र नाटोको नेतृत्वमा गठन भएको सेनाले आगामी वर्षको जुलाईसम्ममा अफगानिस्तान छोडिसक्ने छन् ।यता सरकारले भने तालिवानीलाई माफी दिने सम्बन्धमा जारी गरिएको आदेशको प्रावधानले व्यक्तिलाई आफ्नो अधिकारका लागि मुद्दा चलाउने बाटो खुला रहेको स्पष्ट पारेको छ ।

अधिकारीहरुका अनुसार सरकारी नियन्त्रणमा रहेका तालिवानी लडाकू रिहा भएलगत्तै लामो समयदेखि जारी द्वन्द्व अन्त्यका लागि अफगानिस्तनमा शान्ति वार्ताको बाटो खुलेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू