अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१९ | Colorodo: 19:34

म्यान्चेस्टर युनाइटेड युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश, इन्टर मिलान पनि अन्तिम चारमा

बिआरटीनेपाल २०७७ साउन २७ गते २:२६ मा प्रकाशित

इंग्लीश फुटबल क्लब म्यान्चेस्टर युनाइटेड र इटालीको इन्टर मिलान युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।गएराति भएको क्वाटरफाइनल खेलमा डेनमार्कको एफसी कोपनहेगनलाई १–० ले हराउँदै म्यान्चेस्टर युनाइटेड सेमिफाइनलमा पुगेको हो ।म्यान्चेस्टरका लागि ब्रुनो फर्नान्डेजले अतिरिक्त समयमा निर्णायक गोल गरे । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयमा फर्नान्डेजले पेनाल्टीमार्फत उक्त गोल गरेका हुन् ।

गएराति नै भएको अर्को खेलमा जर्मनीको बायर लिभरकुजेनलाई २–१ ले हराउँदै इन्टर मिलान पनि अन्तिम चारमा प्रवेश गर्यो । खेलमा इन्टरलाई विजयी गराउन रोमेलु लुकाकु र निकोलो बारेलाले एक एक गोल गरे । लिभरकुजेनका काई हाभर्ट्जले एक गोल फर्काए । यो खेलमा गोल गरेका बेल्जीयन खेलाडी लुकाकुले युरोपा लिगमा लगातार ९ खेलमा गोल गर्ने कीर्तिमान बनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू