अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२८ | Colorodo: 10:43

जनकपुरमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

बिआरटीनेपाल २०७७ साउन २७ गते २:२५ मा प्रकाशित

जनकपुरधाममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको कोभिड–१९ संयोजक डा. जामुन सिंहले जानकारी दिनुभयो ।

उनी क्षयरोग र निमोनियाबाट पनि पीडित रहेको डा. सिंहले जानकारी दिनुभयो । मृतकको ट्राभल हिस्ट्री भने खुल्न बाँकी छ । उनको शव व्यवस्थापनको तयारी भइरहेको छ ।

यससँगै धनुषा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । नेपालभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ८० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू