अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५९ | Colorodo: 13:14

अनलाइन बक्तित्वकला प्रतियोगितामा लेटाङकी गरिमा अधिकारी विजयी

बिआरटीनेपाल २०७७ साउन २६ गते १३:२८ मा प्रकाशित

पथरी/पथरी शनिश्चरेबाट सञ्चालित गरीमा अनलाइन टेलिभिजनले सिल्भर इन्टरटेनमेन्टको सहकार्यमा आयोजना गरेको ” अनलाइन वक्तृत्वकला प्रतियोगिता २०२० ” मा १४ जना प्रतिस्प्रधीहरुलाई पछि पार्दै लेटाङ नगरपालिका ,मोरङकी गरिमा अधिकारी प्रथम हुन सफल भएकी छिन् ।
” जातीय विभेद र नेपाली समाज” शीर्षकमा आफ्नो कुराहरू भिडियो रेकर्ड गरी पठाउनु पर्ने उक्त प्रतियोगितामा युट्युब भ्युअर्ससंगै निर्णायकहरुको पनि उत्तिकै मन जित्नुपर्ने प्रावधान रहेको थियो ।

करिब २ महिनाको अवधिमा मोरङ, ताप्लेजुङ, झापा, सुनसरी, खोटाङ, रामेछाप र बझाङका १५ जना प्रतियोगीहरूले सहभागिता जनाएकोमा लेटाङकी गरिमा अधिकारीले प्रथम स्थान हासिल गर्दै नगद रु १५,००० र प्रमाणपत्र प्राप्त गरिन भने दोस्रो स्थान प्राप्त गर्दै ताप्लेजुङकी एलिना दियालीले रु १० हजार र प्रमाणपत्र प्राप्त गरिन । त्यस्तै स्पष्ट वक्ताको उपाधि सँगै नगद रु ५ हजार र प्रमाणपत्र रामेछापकी पवित्रा खड्काले, प्रखर वक्ताको उपाधिसँगै नगद रु ५ हजार र प्रमाणपत्र मोरङ पथरी शनिश्चरेकी सुप्रियाा खड्काले र बेस्ट पब्लिक स्पिकरको उपाधिसँगै रु. ५ हजार र प्रमाणपत्र विराटनगरको अस्टिन कार्कीले प्राप्त गरे ।

यस कार्यक्रमको निर्णायक मण्डलीमा वरिष्ठ अधिवक्ता डा देउमान सम्बाहाम्फे, नेपाल जेसीज वर्ष २०२० का राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शङ्कर, पथरी बहुमुखी क्याम्पस प्रमुख चेतन पौडेल, मिस कस्मोपोलिटियन वर्ल्ड २०१९ प्रिया रानी लामा र मोटिभेसनल स्पिकर सुरेश राई रहेका थिए ।

कोरोना सङ्क्रमण न्यूनीकरण गर्न घरमा नै बसेका युवा वर्गहरूले खाली समयलाई बौद्धिक कार्यमा सदुपयोग गर्ने उत्प्रेरणा मिलोस् भन्ने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको र भविष्यमा पनि यस्तै किसिमको अन्य कार्यक्रमहरू गर्दै जाने आयोजक गरिमा अनलाइनका प्रबन्ध निर्देशक सुमन कुरुम्बाङ्गले बताउनुभयो ।

कोरोना सङ्क्रमणको वर्तमान अवस्थालाई मध्यानअजर गर्दै अनलाइन लाइभद्वारा नै नतिजा सार्वजनिक कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू