अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४८ | Colorodo: 00:03

लगानी बोर्डका कार्यकारी अधिकृत सुशील भट्टविरुद्ध उच्च अदालतमा रिट दर्ता

बिआरटीनेपाल २०७७ साउन २६ गते ६:४३ मा प्रकाशित

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको नियुक्त बदर गर्न माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता भएको छ।उच्च अदालतका रजिष्टार बाबुराम दाहालका अनुसार सोमबार अधिवक्ता जयबहादुर भुजेलले साउन १९ गते मन्त्रिपरिषद्ले गरेको नियुक्ति बदर गर्न माग गर्दै रिट निवेदन दर्ता गराउनुभएको हो ।

निवेदकले भट्टको नियुक्ति दुई कारणले बदर योग्य रहेको जिकिर गर्नुभएको छ । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत हुनका लागि व्यवस्थनको जिम्मेवारी बहन गरी अनुभव हासिल गर्नुपर्नेमा भट्टसँग त्यो दक्षता नभएको उल्लेख गरिएको छ भने दोस्रो उनीसँग असल चालचलन नभएको उल्लेख गरिएको छ।

विदेशी कम्पनीको एजेण्टका रहेको र राज्य निकायमा जिम्मेवारी लिएर पनि बिचौलियका रुपमा सक्रिय रहेकाले भट्टलाई उक्त पदमा नियुक्त गर्न योग्य नभएको रिट निवेदनमा उठाइएको छ। दाहालका अनुसार रिटको पेशी मंगलबारका लागि तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू