अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५४ | Colorodo: 13:09

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना, २४ घन्टामा १ हजार भन्दा बढीले ज्यान गुमाए

बिआरटीनेपाल २०७७ साउन २६ गते ६:३८ मा प्रकाशित

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।मुखर्जी आफैले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिनुभएको हो । अरू नै समस्याले जचाँउन अस्पताल गएका बेला कोरोना पनि परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको उहाँले बताउनुभएको हो ।

पछिल्लो साता आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न र आइसोलेसनमा बस्न पनि मुखर्जीले आग्रह गर्नुभएको छ । यसैबीच, कोरोना भाइरसको महामारी शुरु भएयता भारतमा पहिलो पटक एकैदिन एक हजारभन्दा बढी व्यक्तिको कोरोनाबाट मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू