अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३६ | Colorodo: 22:51

सुन–चाँदीको भाउमा सामान्य गिरावट

बिआरटीनेपाल २०७७ साउन २६ गते ६:२२ मा प्रकाशित

आज नेपाली बजारमा सुन–चाँदीको भाउमा सामान्य गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजार पछ्याउँदै आज स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर तोलाको १ लाख २ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार पनि सुनको भाउ तोलामा ९०० ले घटेर तोलाको १लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर तोलाको १३ सय ९५ कायम भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा अहिले सुन प्रतिऔंस दुई हजार ३३ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू