अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१७ | Colorodo: 23:32

काठमाडौं उपत्यकाका सबै नाकामा ‘सिल’ नगरेसम्म कोरोना नियन्त्रणमा आउदैन– मेयर शाक्य

बिआरटीनेपाल २०७७ साउन २६ गते ६:२१ मा प्रकाशित

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाका सबै नाकालाई ‘सिल’ नगरेसम्म उपत्यकाभित्र कोरोना संक्रमण नियन्त्रणमा नआउने बताउनुभएको छ । उपत्यकामा समुदायस्तरमा संक्रमण अझैपनि कम देखिएको र यसलाई नियन्त्रण गर्न सबै नाकामा सिल गर्नुपर्ने मेयर शाक्यले बताउनुभएको हो ।

शाक्यले उपत्यकामा समुदायमाभन्दा बाहिरी जिल्लाबाट आएका व्यक्तिमा संक्रमण देखिएकाले त्यसलाई नियन्त्रण गर्न नाकामा सिल गर्नुपर्ने बताउनुभएको हो ।उहाँले अहिले नै सिल नगर्ने हो भने संक्रमण नियन्त्रणभन्दा बाहिर जानसक्ने बताउनुभयो ।उहाँले सरकाले ‘लकडाउन’ खोलेपनि लामो दूरीका सवारी–साधन चलाउन नदिएकाले यसलाई एक किसिमको लकडाउन नै मानेर आवतजावत बन्द गर्नुपर्ने बतनाउनुभएको छ ।

एक जिल्लाबाट अर्को जिल्लामा जान निषेध गर्नु भनेको संक्रमण फैलन नदिनु भएकाले त्यसमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो । उपत्यकामा अहिलेपनि समुदायस्तरमा धेरै संक्रमण नदेखिएकाले यसलाई अहिले नै नियन्त्रण गर्नुपर्नेमा शाक्यले जोड दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू