अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३४ | Colorodo: 01:49

नेपालमा कोरोनाबाट ७९ जनाको मृत्यु, थप ३ सय ३८ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २३ हजार नाघ्यो

बिआरटीनेपाल २०७७ साउन २६ गते ६:१७ मा प्रकाशित

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएसंगै मृतकको संख्या ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ । पछिल्लो २४ घण्टामा ३३८ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा एक सय ४० जना कोरोना संक्रमण मुक्त भएका छन् । अहिलेसम्म संक्रमण मुक्त हुनेको संख्या १६ हजार ४ सय ९३ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ३२ वटा पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । अहिले १० हजार ७ सय ५९ जना क्वारेन्टिनमा र ६ हजार ७ सय ३८ जना आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू