अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४७ | Colorodo: 15:02

श्रीलंकाका नेता महिन्द्रा राजपक्षेद्वारा चौथों पटक प्रधानमन्त्री पदका लागि शपथ ग्रहण

बिआरटीनेपाल २०७७ साउन २५ गते ७:४२ मा प्रकाशित

श्रीलंकाका नेता महिन्द्रा राजपक्षेले चौथों पटक प्रधानमन्त्री पदका लागि शपथ ग्रहण गर्नुभएको छ । श्रीलंका पीपुल्स पार्टीका ७४ वर्षका महिन्द्राले आज चौथो पटक प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएको हो । श्रीलंकाको नऔं संसदका लागि उत्तरी कोलम्बोको उप नगर केलानियामा रहेको ऐतिहासिक बौद्ध मन्दीरमा शपथ ग्रहण समारोहको आयोजना गरिएको थियो ।

रावपक्षेलाई उहाँकै कान्छो भाई तथा श्रीलंकाका राष्ट्रपति गोटाभाया राजपक्षेले शपथ ग्रहण गराउनुभएको हो । पछिल्लो दुई दशकदेखि राजपक्षे परिवारले श्रीलंकाको राजनीतिमा आफ्नो पहिचान बलियो बनाएको छ । महिन्दा राजपक्षे सन् २००५ देखि २०१५ को बीचमा करीब एक दशकसम्म श्रीलंकाको राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू