अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२३ | Colorodo: 11:38

नेकपामा पार्टीभित्रको अन्तरविरोध विधि र प्रक्रियाबाट हल गर्न ६१ सांसदको माग

बिआरटीनेपाल २०७७ साउन २५ गते ७:३४ मा प्रकाशित

संघीय संसद्मा नेकपाबाट प्रतिनिधित्व गर्ने ६१ सांसदहरुले पार्टीभित्रको अन्तरविरोधलाई विधि, प्रक्रियाबाट हल गर्न माग गरेका छन् । पार्टीलाई रुपान्तरणसहित एकताबद्ध बनाउनका लागि भन्दै उनीहरुले आइतबार सामूहिक छलफल गरी हस्ताक्षर गरेका हुन् ।

प्रतिनिधिसभाका सांसद सुरेशकुमार राईले पार्टीमा विभिन्न समूहमा देखिएको एकताविरोधी गतिविधिलाई निस्तेज पार्ने, आफूहरु कुनै पनि समूहमा नउभिने र पार्टीभित्रको समस्या हल गर्न पार्टी विधानले निर्देशित गरेको विधि, प्रणाली अपनाउन नेतृत्वको ध्यानाकर्षण गराउन हस्ताक्षर गरिएको बताउनुभयो ।

उहाँले पार्टीभित्रको समस्या सके सचिवालयले हल गर्ने, त्यसले नसके स्थायी कमिटीले र त्यसबाट पनि हुन नसके केन्द्रीय कमिटीबाट टुंग्याइने विधि अबलम्बन गर्नुपर्नेमा आफूहरुको माग रहेको जानकारी दिनुभयो । सांसद राईले छलफलले कोभिड १९ रोकथाम नियन्त्रणका लागि सरकारले खेलिरहेको भूमिका प्रभावकारी बनाउन पनि माग गरिएको बताउनुएको छ । हस्ताक्षर गर्नेमा सुरेशकुमार राई, कृष्णभक्त पोखरेल, जीवनराम श्रेष्ठ, विजय सुब्बा, झपटबहादुर रावल लगायतका हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू