अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४८ | Colorodo: 14:03

गृह मन्त्रालयद्धारा ७ जिल्लाका प्रजिअको सरुवा र पदस्थापन

बिआरटीनेपाल २०७७ साउन २५ गते ७:३२ मा प्रकाशित

गृह मन्त्रालयले सातवटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा तथा पदस्थापन गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मन्त्रीस्तरीय निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीको सरुवा गर्नुभएको हो ।

गृहमन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीलाई म्याग्दी सरुवा गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटमा उमेश बस्नेतलाई सरुवा गरिएको छ । दैलेखमा सन्त बहादुर सुनारलाई सरुवा गरिएको छ । यस्तै मुस्ताङको प्रजिअमा हिरादेवी पौडेल, प्यूठानको प्रमुख जिल्ला अधिकारीमा खिमराज भुसाल र मनाङ्गमा ध्रुव गिरीलाई सरुवा गरिएको छ । त्यस्तै राज कुमार राईलाई जिल्ला प्रशासन कार्यालय रुकुम पुर्व सरुवा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू