अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०७ | Colorodo: 23:22

सुन तोलामा ९ सय रुपैयाँ घट्यो

बिआरटीनेपाल २०७७ साउन २५ गते ०:१२ मा प्रकाशित

लगातार बढेको सुनको भाउ आज भने तोलामा ९ सय रुपैयाँ घटेको छ । सुनको भाउ आज तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्टिय बजारमा आज १८ डलरले भाउ घटेपछि नेपालमा पनि केही सस्तो भएको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।

अस्ति शुक्रबार सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको १ लाख ३ हजार ५ रुपैयाँ पुगेको थियो । यस्तै आज सुनको भाउ घटे पनि चाँदीको भाउ भने बढेको छ । चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको १४ सय १० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया