अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०९ | Colorodo: 08:24

बार्सिलोना र बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाईनलमा प्रवेश, चेल्सी र नापोली पराजित

बिआरटीनेपाल २०७७ साउन २५ गते ०:०२ मा प्रकाशित

स्पेनिस क्लब बार्सिलोना र जर्मनीको बायर्न म्युनिख युएफा च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेका छन् ।गएराति भएको प्रि क्वाटरफाईनल दोस्रो लेगको खेलमा इटालीको नापोलीलाई ३–१ ले हराउँदै बार्सिलोना समग्रमा ४–१ को नतिजा सहित क्वाटरफाइनलमा पुगेको हो ।

नापोलीको घरेलु मैदानमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । गएरातिको खेलमा बार्सालाई विजयी गराउन लियोनल मेस्सी, क्लेमेन्ट लेन्गलेट र लुईस सुआरेजले एक एक गोल गरे ।

पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोनाले क्वार्टरफाईनलमा अब जर्मन क्लब बायर्न म्युनिखसंग प्रतिस्पर्धा गर्नेछ ।

गएराति भएको अर्को खेलमा इंग्लिस क्लव चेल्सीलाई ४–१ ले स्तब्ध बनाउँदै बार्यन म्युनिख क्वाटरफाईनलमा पुगेको हो ।पहिलो लेगमा ३–० ले पराजित भएको चेल्सी समग्रमा बायर्नसँग ७–१ को भारी अन्तरमा पराजित भयो ।

गएरातिको खेलमा बायर्नलाई विजयी गराउन रोबेर्ट लेवान्दोस्कीले दुई गोल गर्दा इभाँ पेरिसिक र कोरेन्टिन टोलिसोले एक एक गोल गरे । चेल्सीका ट्यामी अब्राहमले एक सान्त्वना गोल फर्काए ।

प्रतिक्रिया