अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४६ | Colorodo: 20:01

बंङ्लादेशका ११ राष्ट्रिय फुटबल खेलाडी कोरोनाबाट सङ्क्रमित

बिआरटीनेपाल २०७७ साउन २४ गते ६:२६ मा प्रकाशित

बङ्लादेशका ११ जना राष्ट्रिय फुटबल खेलाडीलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएकोे छ । सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि छनौट हुन खेलाइने खेलमा सहभागी हुनुपूर्व परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।

परीक्षण गर्नुपूर्व ती कुनै पनि खेलाडीमा कोरोनाभाइरसको लक्षण देखिएको थिएन, तर परीक्षणबाट उनीहरुमा सङ्क्रमण भएको पुष्टि भएको हो, बङ्लादेश फुटबल महासंघका महासचिव अबु नयीम शोहङले भनेका छन् ।

बङ्लादेशमा अहिलेसम्म दुई लाख ५० हजारभन्दा बढीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । ती मध्ये तीन हजार तीनसयभन्दा बढीको मृत्यु भएको छ ।

प्रतिक्रिया