अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५१ | Colorodo: 04:06

वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई

बिआरटीनेपाल २०७७ साउन २४ गते ६:१५ मा प्रकाशित

वीरगञ्ज आन्तरिक सुक्खा बन्दरगाहको व्यवस्थापन र संचालनको जिम्मेवारी निजी कम्पनीलाई दिईएको छ । प्रिस्टिन भ्याली ड्राइपोर्टलाई ब्यवस्थापनको जिम्मा दिईएको हो । अहिलेसम्म बन्दरगाह भारतको सरकारी निकाय भारतीय रेल्वेको अंग कन्नकोर रेलवेजले स्थानीय साझेदार हिमालयन टर्मिनल प्रालिमार्फत संचालन गर्दै आएको थियो ।

नेपालको सुक्खा बन्दरगाहको नियामक नेपाल यातायात विकास निगमका निर्देशक हेमेन्द्रमोहन शाहीले १६ वर्ष अघिदेखि सञ्चालनमा आएको बन्दरगाहको व्यवस्थापन पहिलो पटक निजी साझेदारीलाई दिइएको बताउनुभयो । रेल सञ्जालमा जोडिएको बन्दरगाहले नेपालको कन्टेनर यातायातको ५० प्रतिशत हिस्सा व्यवस्थापन गर्दै आएको छ र आगामी दिनमा नयाँ व्यवस्थापनले वाणिज्य व्यापारमा थप टेवा पुर्याउनेमा विश्वस्त रहेको शाहीको भनाई छ ।

शनिबार एक कार्यक्रमका बीच नयाँ व्यवस्थापनले पर्सा जिल्लाको सिर्सियामा रहेको ३८ हेक्टरमा रहेको बन्दरगाहको व्यवस्थापन र संचालनको जिम्मेवारी दिइएको हो ।२०५७ मा निर्माण सुरु भई २०६१ सालदेखि संचालनमा आएको वीरगञ्ज सुख्खा बन्दरगाहको ४५०० कन्टेनरहरु व्यवस्थापन र भण्डारण गर्ने क्षमता छ ।भारतको कोलकाता र विशाखापट्नम बन्दरगाहबाट रक्सौल हुँदै सोझै वीरगन्ज बन्दरगाहसम्म भारतीय रेलमार्फत मालवाहक रेलहरु आवतजावत गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू