अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५६ | Colorodo: 23:11

संखुवासभामा पहिरोमा पुरिएर बेपत्ता ११ जनाको खोजी कार्य जारी

बिआरटीनेपाल २०७७ साउन २४ गते ६:१४ मा प्रकाशित

संखुवासभामा पहिरोमा पुरिएर वेपत्ता ११ जनाकोृ खोजी कार्य जारी रहेको छ । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले पहिरोमा परेर हराइरहेका सबैको खोजीकार्य भइरहेको बताउनुभएको हो । उहाँले जिल्लाको सिलिचुङ गाउँपालिकामा पहिरोमा पुरिएर बेपत्ता भएका ११ जनाको स्थानीय सुरक्षाकर्मीबाट खोजी भइरहेको जानकारी दिनुभयो ।

जिल्लामा गएको पहिरोमा परी १३८ घर विस्थापित भएको र सबैलाई पहिरोको जोखिम कम भएको क्षेत्रमा स्थानान्तरण गरिएको आचार्यले बताउनुभयो । लगातारको वर्षाको कारण बाढी र पहिरोको जोखिम भइरहेकाले तीनओटै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ ।

बाढी र पहिरोबाट धनजनको क्षति कम गर्न स्थानीय विपद् व्यवस्थापन समितिमार्फत् काम भइरहेको आचार्यले बताउनुभयो । अहिले बाढी र पहिरोबाट भएको क्षतिको विवरण संकलन गर्ने काम स्थानीय निकायमार्फत् भइरहेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू