अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४१ | Colorodo: 06:56

कक्षा ११ को परीक्षा तत्काल नलिन बोर्डको निर्देशन

बिआरटीनेपाल २०७७ साउन २३ गते ५:५८ मा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन विद्यालयहरुलाई निर्देशन दिएको छ ।शुक्रबार विज्ञप्ती निकाल्दै बोर्डले भदौ महिनामा सञ्चालन गर्ने भनिएको आन्तरिक मुल्याङ्कन परीक्षा नलिन भनेको हो ।

सरकारले भदौ १ गते देखि परीक्षा सञ्चालन र भर्ना सुरु गराउने निर्णय गरेको थियो ।बोर्डले कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले अर्को सूचना नआए सम्म परीक्षा सञ्चालन नगर्न नगराउन निर्देशन दिएको हो ।

कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन र नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधिले कक्षा ११ को परीक्षा विद्यालय स्तरमा नै गराउने निर्णय गरेको छ । सो अनुसार केही विद्यालयले परीक्षा सञ्चालन गराउने तयारी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू