अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५५ | Colorodo: 04:10

अमेरिकामा ट्रम्पकै विज्ञ डा. फाउचीलाई मार्ने धम्की

बिआरटीनेपाल २०७७ साउन २३ गते ०:२० मा प्रकाशित

अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ एवं ह्वाइटहाउसका जनस्वास्थ्य विज्ञ डाक्टर एन्थोनी फाउचीले आफूलाई मार्ने धम्की आएको खुलासा गर्नुभएको छ । ती तत्वहरुले आफूलाई मात्र नभई छोरीहरुलाई पनि दुःख दिने काम गरिरहेको गुनासो फाउचीले गर्नुभएको छ ।

कोरोना महामारी नियन्त्रण गर्न अमेरिकाले के गरिरहेको छ भन्ने सार्वजनिक गरेकोले आफूलाई मार्ने धम्की आएको उहाँले बताउनुभयो । ‘मलाई र मेरो परिवारका सदस्यलाई मार्ने धम्की दिने, मेरा छोरीहरुलाई पनि दुःख दिने ताकि मैले आफ्नो लागि सुरक्षाकर्मी राख्नुपर्छ । यो त आफैंमा अजिब छ । म सपनामा पनि सोच्न सक्दैन कि त्यो यदि हदसम्म गर्छ र मलाई मार्ने धम्की दिन्छ ।’ ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्स विज्ञ फाउचीलाई उधेत गर्दै सीएनएनले लेखेको छ ।

यद्यपि, उहाँले धम्की दिने व्यक्ति को हो भन्नेचाहिँ खुलाउनु भएन । कोरोना भाइरसविरुद्धको रणनीति बनाउने विषयमा धेरै पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि उहाँको विमती हुने गरेको छ । यसअघि ह्वाइटहाउसले उहाँलाई हटाउनेसम्मको षड्यन्त्र गरेको थियो ।

प्रतिक्रिया