अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०७ | Colorodo: 00:22

बैतडीमा पहिरोमा पुरिएर आमा छोराको मृत्यु

बिआरटीनेपाल २०७७ साउन २३ गते ०:०९ मा प्रकाशित

बैतडीमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर–४ बलालीमा घरमाथिबाट पहिरो खस्दा ४० बर्षीया पशुपति बोहरा र उहाँका १२ बर्षीय छोरा रिकेश बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो ।

गएराति १२ बजेतिर पहिरो खस्दा घर भित्रै सुतीरहेका आमा छोराको मृत्यु भएको उहाँले बताउनुभयो । १६ बर्षीया सुजिता बोहरा र १२ बर्षीया सुनिता बोहरा भने भाग्न सफल भएका थिए । मृतक पशुपतिका श्रीमान रोजगारीका लागि भारतको पिथौरागढमा रहेका र लकडाउनका कारण घर आउन पाएका छ्रैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू