अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४७ | Colorodo: 02:02

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ६६ पुग्यो

बिआरटीनेपाल २०७७ साउन २२ गते २३:५९ मा प्रकाशित

नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ । बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार गराइरहेका सिरहा गोलबजारका २३ वर्षीय युवकको आज बिहान ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले जानकारी दिनुभयो ।

ती युवकको जनकपुरमा डायलाइसिस गर्ने क्रममा कोरोना पोजेटिभ आएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । सुरुमै चिन्ताजनक अवस्थामा ल्याइएका युवकको आज बिहान ज्यान गएको प्रसाईंले बताउनुभयो।

यसबारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ । अहिलेसम्म देशभर ४ लाख १९ हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण गरिएकोमा २१ हजार ७ सय ५० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

जसमध्ये १५ हजार ३ सय ८९ जना उपचारपछि निको भएका छन् । ६ हजार २ सय ९६ जना आइसोलेशनमा तथा ९ हजार ४ सय ७० जना क्वरेण्टीनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू