अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४८ | Colorodo: 15:03

दुबईको अर्थतन्त्रमा ७४ प्रतिशतले गिरावट

बिआरटीनेपाल २०७७ साउन २२ गते ७:०९ मा प्रकाशित

संयुक्त अरब इमिरेट्स (दुबई) को अर्थतन्त्रमा ७४ प्रतिशतले गिरावट आएको छ । कोरोना भाइरसको महामारीका कारण वर्षको पहिलो अर्धबार्षिक प्रत्यक्ष विदेशी लगानी एफडीआईमा ७४ प्रतिशतले कमी आएको हो । दुबई मध्य–पूर्वको सबैभन्दा ठूलो वित्तीय र कारोबारी केन्द्र हो । जहाँ पछिल्लो ६ महिनामा मात्रै १२ अर्ब दिरामको लगानी भित्रिएको छ ।

गत वर्ष यसै अवधिमा ४६ अर्ब दिरहाम विदेशी लगानी भित्रिएको थियो । दुबईको इन्भेस्टमेन्ट डेभलपमेन्ट एजेन्सी (दुबई एफडीआई) का प्रमुख कार्यकारी निर्देशक फहद अल–जरगावीका अनुसार कोरोना भाइरसको महामाररीका कारण विश्वभर कै आर्थिक गतिविधि कमजोर हुँदा त्यसको प्रत्यक्ष प्रभाव दुबईको अर्थतन्त्रमा परेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू