अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४२ | Colorodo: 07:57

नेकपा अध्यक्ष प्रचण्ड र नेता नेम्वाङबीच भेटवार्ता

बिआरटीनेपाल २०७७ साउन २२ गते ७:०८ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङबीच भेटवार्ता भएको छ । दुई अध्यक्षबीचको वार्ता हुन नसकिरहेका बेला प्रचण्डकै आग्रहमा नेम्वाङ खुमलटार पुग्नुभएको थियो । प्रचण्डसँग के कुरा भयो भन्नेबारे नेम्वाङले केहि खुलाउनुभएको छैन । उहाँले अहिलेसम्मको छलफल सकारात्मक रहेको भन्दै आफू आशाबादी बनेको र सबैको पहल दुई अध्यक्षबीच समझदारी कायम गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो ।

आफू दुई अध्यक्षबीच पुनः छलफल गराउन प्रयासरत रहेको भन्दै नेम्वाङले आज भने भेटघाटको सम्भावना नरहेको पनि जानकारी दिनुभयो । प्रचण्डले नेम्वाङलाई पार्टी विभाजनको डिलमा रहेको भन्दै ओली लचिलो नहुने हो भने पार्टीको बहुमत पक्षले विधानअनुसार अघि बढ्नुपर्ने बताएको स्रोतले जनाएको छ । नेम्वाङले भने महाधिवेशनसम्म दुई अध्यक्षको सहमतिबाट अघि बढ्नुको विकल्प नरहेको र त्यसो भन्दा दायाँबायाँ गरिए एकता भंग हुने र मुलुकनै संकटमा पर्ने बताउनुभएको छ ।

आइतवारदेखि लगातार तीन दिन ओली र प्रचण्डबीच सम्वाद भएपनि नेकपामा उत्पन्न गतिरोधको निकास निस्किएको छैन । हिजो निर्धारित छलफल प्रचण्डकै आग्रहमा स्थगित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू