अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५५ | Colorodo: 03:10

’सङ्क्रमण बढ्दै गए अस्पतालले धान्न सक्दैन, रोग लाग्न नदिन बेलैमा ध्यान पुर्याऔं’–स्वास्थ्य मन्त्रालय

बिआरटीनेपाल २०७७ साउन २२ गते ७:०७ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डौ उपत्यकामा सङ्क्रमणको दर बढ्दै गएकाले सतर्क रहन आग्रह गरेको छ । दिनदिनै कोरोना सङ्क्रमितको संख्या बढिरहेको उल्लेख गर्दै मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सरकारी, सामुदायिक तथा निजी कार्यालयहरुमा बैठक, गोष्ठी, सेमिनार तथा अन्य जमघट तत्काल बन्द गर्न आग्रह गर्नुभयो । गर्नैपर्ने अवस्थामा भर्चुअल बैठक गर्न उहाँले अपिल गर्नुभयो ।

यस्तै भारतीय सीमा क्षेत्रका जिल्लामा सङ्क्रमणको दर उच्च रहेकाले प्रदेश सरकार र पालिकालाई सावधानी अपनाउनसमेत आग्रह गर्नुभयो ।उपत्यकालगायत घनाबस्ती भएका क्षेत्रमा सङ्क्रमणको दर बढेकाले अस्पतालमा बेड, उपकरण चिकित्सकलगायतको अभाव हुने सम्भावना देखिएको भन्दै मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न पनि आग्रह गरेको छ । सङ्क्रमण बढ्दै गएमा अस्पतालले धान्न सक्ने अवस्था नभएकाले रोग लाग्न नदिन बेलैमा होस पुर्याउन उहाँले आग्रह गर्नुभयो ।

पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या हजार सात सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू