अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२५ | Colorodo: 05:40

कुवेतमा पाँच महिनामा २६ जना नेपालीको मृत्यु

बिआरटीनेपाल २०७७ साउन २२ गते ६:५९ मा प्रकाशित

पछिल्लो पाँच महिनामा वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका २६ नेपाली श्रमिकको मृत्यु भएको छ ।मार्चदेखि जुलाई अन्तिमसम्म कोरोना संक्रमणका कारण ती नेपालीहरुको मृत्यु भएको हो ।कुवेतमा कोरोना संक्रमणबाट १ महिलासहित ७ जना पुरुष रहेको तथा अन्य १८ जनाको विभिन्न कारणले मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार कोरोनाको कारण मृत्यु भएका ८ जनाकै परिवारसँग समन्वय गरी कुवेतमै अन्तिम संस्कार गरिएको छ ।हालसम्म कुवेतबाट विभिन्न उडानमार्फत १३ जनाको शव नेपाल ल्याइएको छ ।

कुवेतमा यसअघि ८४ जना नेपाली कोरोनाबाट संक्रमित भएको उल्लेख गरिएको थियो । त्यसपछिको अहिलेसम्म के कति नेपाली श्रमिकहरु कोरोनाबाट संक्रमित भए कति उपचारपछि निको भएर काममा फर्किए भन्ने नेपाली दूतावाससँग पनि तथ्यांक छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू