अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५३ | Colorodo: 13:08

विश्वभर १ करोड ९० लाख ६ हजार ६ सय भन्दा बढीमा कोरोना संक्रमण, १ करोड २१ लाख ९३ हजार ५ सय भन्दा बढी निको भए

बिआरटीनेपाल २०७७ साउन २२ गते ६:५९ मा प्रकाशित

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ९० लाख ६ हजार ६ सय ९२ पुगेको छ। जसमध्ये ७ लाख ११ हजार ८ सय ७६ जनाको मृत्यु भइसकेको छ। कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ४९ लाख ७३ हजार ७ सय ४१ पुगेको छ भने ज्यान गुमाउनेको संख्या पनि १ लाख ६१ हजार ६ सय ८ पुगेको छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको ब्राजिलमा २८ लाख ६२ हजार ७ सय ६१ जना संक्रमित भएकोमा ९७ हजार ४ सय १८ जनाले ज्यान गुमाएका छन्। यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा भारत रहेको छ। त्यहाँ १९ लाख ६७ हजार ७ सय जनामा संक्रमण भएकोमा ४० हजार ७ सय ७२ जनाकोे ज्यान गएको छ।

रसियामा ८ लाख ७१ हजार ८ सय ९४ जना संक्रमित भएका छन् भने १४ हजार ६ सय ६ जनाको मृत्यु भइसकेको छ। स्पेनमा ३ लाख ५२ हजार ८ सय ४७ संक्रमित भएकोमा २८ हजार ४ सय ९९ जनाले ज्यान गुमाएका छन्। बेलायतमा ३ लाख ७ हजार १ सय ८४ संक्रमित भएकोमा ४६ हजार ३ सय ६४ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो समय पेरुमा पनि संक्रमितको संख्या लगातार बढ्दै गएको छ। त्यहाँ संक्रमितको संख्या ४ लाख ४७ हजार ६ सय २४ रहेको छ भने २० हजार २ सय २८ जनाको मृत्यु भइसकेको छ। यस्तै हालसम्म विश्वभर १ करोड २१ लाख ९३ हजार ५ सय ८४ जना निको भएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू