अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०१ | Colorodo: 06:16

पोखरामा ७ सय रोपनी सार्वजनिक जग्गा ब्यक्तिद्धारा प्रयोग,स्थानिय निकायद्धारा हस्तक्षेप

बिआरटीनेपाल २०७७ साउन २२ गते ६:५८ मा प्रकाशित

पोखरा महानगरपालिकास्थित वडा नम्बर–१८ मा मात्र ७०० रोपनी सार्वजनिक जग्गा व्यक्तिले प्रयोग गर्दै आएका छन् । पोखरा महानगरपालिका वडा नम्बर–१८, लभ्लीडाँडामा रहेको करिब २०० रोपनी जग्गा व्यक्तिले हडपेको भन्दै सरकारी पक्षले जग्गा फिर्ता ल्याउन पहल थालेको छ । सार्वजनिक जग्गामा धमाधम संरचना बन्न थालेपछि स्थानीय निकायले हस्तक्षेप गरेको हो ।

पोखरा–१८ का वडाध्यक्ष रणबहादुर थापाले सार्वजनिक जग्गा व्यक्तिले हडप्ने प्रवृत्ति बढेको भन्दै सवै जग्गा फिर्ता ल्याउने बताउनुभयो । सार्वजनिक जग्गामा धमाधम निर्माण गरिएका छाप्रा, तारबारलगायतका संरचनाहरु धमाधम बन्न थालेपछि वडाध्यक्ष आफैंले संरचना भत्काउन थाल्नुभएको हो । महानगरले चालू आर्थिक वर्षलाई सार्वजनिक जग्गा संरक्षण अभियान वर्षकारुपमा घोषणा गरेअनुुसार वडामा अभियान सञ्चालन गरिरहेको भन्दै सार्वजनिक जग्गा अतिक्रमण हुन नदिने थापाले बताउनुभयो ।

जग्गामा पोखराका आनन्द कोइराला, सन्जीव कोइराला, पुष्पेन्द्रबहादुर कोइरालालगायतले धमाधम संरचना निर्माण गर्न थालेको खुलेकाले त्यहीअनुसार वडाले हस्तक्षेप गरेको बताईएको छ । पोखरामा पहिलेपनि सार्वजनिक जग्गा अतिक्रमणमा परेको उजुरीहरु पर्दै आएका थिए । जग्गाको आधिकारिक कागजात वडा कार्यालयमा रहेको छ । यसैबीच, कोइराला परिवारले भने उक्त जग्गा आफ्नै भएको दाबी गर्दै आएको छ । २०२४ सालमा सर्वोच्च अदालतबाट जग्गाकोबारेमा आफूहरुको पक्षमा फैसला गरेको उनीहरुको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू