अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५२ | Colorodo: 19:07

नेपालमा कोरोनाबाट ६५ जनाको मृत्यु, ३ सय ६० जना नयाँ कोरोना संक्रमित थपिए

बिआरटीनेपाल २०७७ साउन २२ गते ६:५४ मा प्रकाशित

नेपालमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ६५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ जना मृतक थपिएसंगै मृतकको संख्या ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिनुभयो । अहिलेसम्म देशभर कोरोनाबाट संक्रमित हुनेको संख्या २१ हजार ७ सय ५० जना रहेको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ६० जना नयाँ संक्रमित थपिएसंगै कूल संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उक्त संख्यामध्ये काठमाडौं उपत्यकामा अहिलेसम्मकै उच्च ८७ जना थपिएका छन् ।

मुलुकभर अहिले कोरोनाका ६ हजार २ सय ९६ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा दुई सय ३३ जना कोरोना भाइरसबाट निको भएर घर फर्केको मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म १५ हजार ३ सय ८९ जना कोरोना भाइरसबाट मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार ६ सय २२ जनाको मात्र पीसीआर परीक्षण भएको छ । हाल ६ हजार २ सय ९६ जना आइसोलेसनमा र ९ हजार ४ सय ७० जना क्वारेन्टिनमा रहेका छन् । यसैबीच, स्वास्थ्य मन्त्रालयले कुनै पनि कार्यालयमा सभा, गोष्ठी बन्द गर्न निर्देशन दिएको छ । त्यस्तै स्वाब संकलन भएका व्यक्तिलाई रिपोर्ट नआउन्जेल अनिवार्य क्वारेन्टिनमा बस्न पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू