अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५६ | Colorodo: 11:11

म्यान्चेस्टर युनाईटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश, इन्टर मिलान अन्तिम आठमा

बिआरटीनेपाल २०७७ साउन २२ गते १:०८ मा प्रकाशित

चर्चित क्लबहरु म्यान्चेस्टर युनाईटेड र इन्टर मिलान युरोपा लिग फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।गएराती भएको राउण्ड अफ सिक्सटिनको खेलमा अष्ट्रियाको लास्कलाई २–१ ले हराउँदै इंग्ल्याण्डको म्यान्चेस्टर युनाईटेड क्वाटरफाइनलमा उक्लेको हो ।

पहिलो लेगमा ५–० को जित निकालेको म्यान्चेस्टर युनाईटेडले हिजोको जितपछि समग्रमा खेल ७–१ ले आफ्नो पक्षमा पार्योे । गएराती स्पेनको गेटाफेलाई २–० ले हराउँदै इटालीको इन्टर मिलान पनि क्वाटरफाईनलमा पुगेको छ ।

गएरातीका अन्य खेलहरुमा जर्मनीको वुल्फवर्गलाई ३–० ले हराउँदै युक्रेनको शख्तर डोनेत्स्क तथा टर्कीको इस्तानबुल बासाक्सेरलाई ३–० ले पाखा लगाउँदै डेनमार्कको एफ.सी कोपनहेगन पनि क्वाटरफाईनलमा उक्लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू