अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५५ | Colorodo: 04:10

सुनको मूल्य तोलाको १ लाख नाघ्यो

बिआरटीनेपाल २०७७ साउन २१ गते ६:३५ मा प्रकाशित

सुनको मूल्य १ तोलाको १लाख रुपैयाँ नाघेको छ । आज एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको १ लाख १ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको भाउ प्रति औंस ४० डलरले बढेकाले त्यसको असर स्थानीय बजारमा पनि परेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता बढ्नु, सुनको उत्पादनमा कमी हुनु, ठूला देशबीच द्वन्द्व बढ्नु तथा कोरोना संक्रमणका कारण अस्थिरता बढ्दा भाउ बढेको उहाँको भनाइ छ । चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँ बढेर तोलाको १२ सय ९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू