अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३० | Colorodo: 04:45

नेकपा अध्यक्ष प्रचण्डलाई बामदेव गौतमको प्रष्टीकरण, ‘म कुनै पनि गुटमा लाग्दिनँ’

बिआरटीनेपाल २०७७ साउन २१ गते ६:३२ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले आफू पार्टीको कुनै पनि गुटमा नलाग्ने प्रष्टीकरण दिनुभएको छ ।मंगलबार विहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा गौतमले आफू सानो ठूलो कुनै पनि गुटमा नलाग्ने बताउनुभएको हो ।

गौतम निवासमा पुग्नुभएका प्रचण्डले सोधेको प्रश्नमा उहाँले कुनै गुटमा पनि नलाग्ने जवाफ दिनुभएको उहाँका सहयोगी विश्वमणि सुवेदीले सामाजिक सञ्जालमार्फत् जानकारी दिनुभएको छ । सुवेदीले आफ्नो फेसबुकमा उल्लेख गरे अनुसार नेता गौतमले आफु ठूलो–सानो कुनै पनि गुटमा नलाग्ने बताउनुभएको जनाईएको छ ।

गौतमले आफू पार्टी एकताप्रति दृढ रहेको भन्दै कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नरहेको पनि प्रचण्डलाई जवाफ दिनुभएको थियो । पार्टीमा समाधान खोज्न भन्दै साउन १३ गते गौतमले प्रधानमन्त्री केपी ओलीको समर्थनमा देखिने जस्तो ६ बुँदे प्रस्ताव ल्याएपछि अध्यक्ष प्रचण्ड गौतमसँग सशंकित हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू