अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१४ | Colorodo: 14:29

नेकपाका अध्यक्षद्वय ओली–प्रचण्डको भेटवार्ता विहिवार विहानसम्मका लागि स्थगित

बिआरटीनेपाल २०७७ साउन २१ गते ६:३० मा प्रकाशित

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज हुने भनिएको छलफल भोली विहानसम्मका लागि स्थगित भएको छ । तीन दिनदेखी लगातार हुदै आएको वार्ता सकरात्मक बताईरहेका बेला आजको भेटवार्ता भने विहानसम्मका लागि स्थगित भएको हो ।

बेलुका ५ बजेका लागि बोलाइएको बैठक बिहीबार बिहान हुने गरी स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो । ‘पार्टीका अध्यक्षद्वयबीचको आज ५ः०० बजे निर्धारित भेटवार्ता स्थगित भएको छ। भोलि बिहान बस्ने तय भएको जानकारी गराउन चाहन्छु’, थापाले भन्नुभयो ।

पार्टीभित्रको विवाद समाधानका लागि नेताहरु लगातार छलफलमा बस्दै आए पनि समाधान निष्कन सकेको छैन । दुई अध्यक्षबीच पहिला सचिवालय बैठक बस्ने कि स्थायी कमिटी बैठक बस्ने भन्नेमा विवाद देखिएको छ । आइतबारदेखि वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्वाङसहित बस्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू