अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४४ | Colorodo: 11:59

नेपाली मौलिक तीज गीत सार्वजनिक

बिआरटीनेपाल २०७७ साउन २० गते २१:४२ मा प्रकाशित

मलमलको पुरानो बर्को,
रङ्ग उड्यो जेठको घामले

गायिका अन्जु श्रेष्ठको स्वर र अभिनयमा रहेको तिज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । राज सागरको सङ्गीतमा सुषमा देवकोटाको शब्द रहेको नेपाली मौलिक यो तीज गीतले महिलाहरूले पर्व तीजलाई बिसुद्द रूपमा नेपालीपनको झल्को दिने काम गरेको छ । तीजको नाममा भित्रिएको बिसङती र विकृतिलाई केही हद सम्म नेपाली मौलिक परम्परा थेग्न सफल यो गीतले नेपाली संस्कृतिको जगेर्ना गर्न सफल देखिएको छ ।

द भोईस अफ नेपालको स्टुडियोमा रेकर्ड गरिएको यस गीतको सङ्गीत समायोजन सञ्जय हमालले गरेका छन् भने चन्द्र चौधरीको मिक्सिङमा संलग्नता रहेको छ ।

राज सागर ,अन्जु श्रेष्ठ र सुषमा देवकोटाको पहिले देखि नै तीज गीतको सहकार्य यस पटक पनि प्रशंसा लायक छ । पेसाले पत्रकारिता गरिरहेकी सुषमा देवकोटाका थुप्रै गीत संगीतिक बजारमा आइसकेका छन् भने राज सागरको सङ्गीतमा गहिराइ सम्म पुगेर सृजना गर्ने खुबी भएको युवा सङ्गीतकारको रूपमा चिनिँदै आएका छन् । आफ्नो गायकीलाई निरन्तर साधनाबाट अघि बढाउँदै आएकी अन्जु श्रेष्ठ सहितको यो तीज गीतमा अन्जु लगायत अलिना तुलाधर ,डिम्पल नगरकोटी ,सबिता श्रेष्ठ, कविता श्रेष्ठ, सोनु श्रेष्ठ ,कन्चन के सी ,भिन्तुना महर्जन र लिजा महर्जनको अभिनय देख्न सकिन्छ । रोयल Entertainment को प्रस्तुति रहेको यस तीज गीतको सिनेमाटोग्राफि दीप कुमार महर्जन ,सम्राट् महर्जन र गणेश भण्डारीको रहेको छ । बेजन महर्जन र अञ्जन थापाको निर्देशनमा बनेको उक्त म्युजिक भिडियो यही अगस्त ४ मा सार्वजनिक भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू