अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४२ | Colorodo: 08:57

च्याम्पियनसिप प्ले–अफको फाइनलमा आज फुल्हम र ब्रेन्टफोर्ड भिड्ने

बिआरटीनेपाल २०७७ साउन २० गते ६:१४ मा प्रकाशित

इंग्लीश फुटबलको शिर्ष श्रेणी प्रिमियरसिपमा उक्लिने होडमा रहेका ब्रेन्टफोर्ड र फुल्हमले आज निर्णायक खेल खेल्दैछन् ।नेपाली समय अनुसार आज राती साँढे १२ वजे लण्डनस्थित वेम्बले रंगशालामा हुने खेलको विजेता टोली प्रिमियर डिभिजनमा उक्लिनेछ ।

च्याम्पियनसिको प्ले अफ् सेमिफाईनलमा स्वान्सी सिटीलाई हराउँदै ब्रेन्टफोर्ड तथा कार्डिफ सिटीलाई हराउँदै फुल्हम फाईनलमा पुगेको हो ।आजको फाइनल जित्नेले च्याम्पियनसिपबाट माथि उक्लिएका लिड्स युनाईटेड र वेष्ट ब्रोमविच आल्बियोनसँगै आगामि सिजनको प्रिमियर लिग खेल्नेछ ।

ब्रेन्टफोर्ड ७३ वर्षपछि प्रिमियर डिभिजनमा उक्लिने अभियानमा छ । सन् २०१४ मा च्याम्पियनसिपमा झरेको फुल्हम भने ६ वर्षमै प्रिमियरसिपमा फर्कने लक्ष्यमा रहेको छ ।च्याम्पियनसिपको प्ले–अफ् फाईनल खेललाई विश्वकै सबैभन्दा महंगो फुटबल खेलको रुपमा हेरिएको छ । खेल जितेको खण्डमा फुल्हमले आगामि तिन वर्षभित्र १ सय ३० मिलियन पाउण्ड पाउनेछ भने ब्रेन्टफोर्डले १ सय ६० मिलियन पाउण्ड पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू